सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्धारा आमाको माया छात्रबासमा सहयोग

२०७६ पुष १५, ०७:२४ खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले आमाको माया छात्रबासमा आश्रीतहरुलाई सहयोग गरेका छन्। पुष १५ को अवसरमा बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले रकम संकलन गरी आमाको माया छात्रबासलाई खाद्यान्न, चिसोमा लगाउन पञ्जा एवं ग्यास सहयोग गरेका हुन्।

व्यवस्थापन संकाय पहिलो वर्षमा अध्ययनका लागि आएका विद्यार्थीको स्वागत कार्यक्रमका लागि संकलन गरिएको रकमबाट बचत गरी छात्रबासमा आश्रीत असहायहरुलाई सहयोग गरिएको हो।

स्वागत कार्यक्रम सञ्चालन समितिका संयोजक समेत रहेका व्यवस्थापन संकाय दोस्रो वर्षमा अध्ययनरत पदमराज जोशीले बचत भएको रकमबाट सहयोग गरिएको बताए।    

 

 

 

 

कमेन्ट लोड गर्नुस