कैलालीमा १५ जना फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा विरतण
कैलालीको घोडाघोडी नगरपालिका स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका १५ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरिएको छ। समाजसेबी ममता राणा र बन्दना राणाले वडा नम्बर १ सुखडमा बसोबास गरी अध्ययन गर्ने फरक क्षमता भएका १५ बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन्।
निस्वार्थ भावनाले उनिहरुलाई सानो रुपमा भए पनि एक छाक खाना सहित कम्मल, बल्यान्केट कपडा वितरण गरेको समाजसेबी राणाले बताईन्। सानै देखी आफु अपाङ्ग र असाहायको क्षेत्रमा सहयोगमा गर्दे आएको बताईन्। न्यानो कपडा वितरण कार्यक्रममा समाजसेबी भरत बम, दिपेश धर्ती, रबिन्द्र कार्की, ओम प्रकाश पाण्डेय र दिनेश बमको सहभागीता रहेको थियो।
सो विद्यालयमा १५ जना फरक क्षमता भएका बालबालिकाहरु अध्ययनरत छन्। उनिहरु लाई विद्यालयमा आवासिय सहितको व्यवस्था गरीएको छ।