धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सव सम्पन्न
धनगढी: धनगढीको निङगलासैनी गुरुकुल संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सव सम्पन्न भएको छ। धनगढी उप–महानगरपालिको– १३ मा रहेको संस्कृत विद्यापिठको पाचौँ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको हो।
विद्यापिठका अध्यक्ष सिताराम अवस्थीको अध्यक्षतामा सम्पन्न भएको पाचौँ वार्षिकोत्सव कार्यक्रमका प्रमुख अथिती १००८ स्वमी देवराज आचर्य रहेका थिए। कार्यक्रममा प्रदेश सभा सदस्य दिव्यश्वरी शाह, धनगढीका व्यवसायी गोपाल हमाल, धनगढी उप–महानगरपालिकाको शिक्षा शाखाका प्रमुख महादेव जोशी, चटकपुरको गौशालाका अध्यक्ष भोजराज पाठकको समेत सहभागिता रहेको विद्यापिठका प्रध्यानाध्यापक खगेन्द्र अवस्थीले बताए।
वार्षिकोत्सवलाई सफल रुपमा सम्पन्न गर्नको लागि धनगढीको दाहल पुस्तक पसलले विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने, धनगढीकै स्थानीय शतिस अग्रवालले नास्ताको व्यवस्था गर्ने, खगेन्द्र जोशीले १० दर्जन केरा प्रदान गर्दान गर्ने, बावा टेलिभिजनले निशुल्क छायाङ्कन गर्ने, अंकित ट्रेडसले अथिती सम्मानको लागि २५ वटा खादा प्रदान गर्ने, र भान्जा हार्डवेयरले टेण्ड र माईको व्यवस्था गर्ने जिम्मा लिएका थिए।