धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित ३ जना पक्राउ
धनगढी: धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ परेका छन्। धनगढी बसपार्कको नेशनल गेष्ट हाउसबाट नक्कली सुन सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।
उनका अनुसार बझाङ बुगंल १ का संकर बोहरा सहित तीन जनालाई पक्राउ गरिएको हो। प्रारम्भिक परीक्षणका क्रममा बरामद भएको बस्तु नक्कली सुन भएको भेटिएको उनले बताए।
‘बरामद भएको बस्तु सुनजस्तो देखिन्छ। तर, सक्कली हो कि हैन भनेर सुन चाँदी व्यवसायीकहाँ लगेर प्रारम्भिम परीक्षण गरेका छौं,’ कार्कीले भने, ‘प्रारम्भिक परीक्षणका क्रममा उक्त बस्तु सुन नभएको देखिएको छ। यद्यपि, विस्तृत परीक्षणका लागि ल्याब पठाएको छौं।’