सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको गौतम स्टोरमा आगलागी, ३५ लाखको क्षती

२०७६ पुष १५, ०७:१९ खबर संवाददाता

धनगढीको जुत्ताको होलसेल पसल सिद्ध गौतम स्टोरमा सोमवार राति आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्व्र ४ मा रहेको महेश पोखरेलको स्टोरमा आगलागी हुँदा झण्डै ३५ लाख बराबरको क्षती भएको छ।

धनगढी उप–महानगरपालिकाको दमकलको सहयोगमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी नियन्त्रण गर्न प्रहरी निरिक्षक पुष्कर पन्तको नेतृत्वमा २१ जना प्रहरीको टोली परिचालन भएको थियो। 

 

कमेन्ट लोड गर्नुस