सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भागेश्वरमा पुस १६ गते सार्वजनिक विदा

२०७६ पुष १४, १०:३२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले यहीँ पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘घुम्न जाऔँ भागेश्वार अभियान’को शुभारम्भ गरिने भएको हुँदा गाउँपालिकाले सार्वजनिक विदा दिएको हो।

गाउँपालिका–४ को टप्वामा विविध कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिने भएकाले गाउँपालिकाको यही पुस ८ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस