सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दभर्मा सचेतना कार्यक्रम सम्पन्न

२०७६ पुष १४, ०७:०३ खबर संवाददाता

डडेल्धुरा: तथ्याङ्क कार्यालय डडेल्धुराले सोमबार जिल्लाका सरोकारवालाहरूसँग राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तरयि सचेतना गोष्ठीको आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश राज भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए। कार्यक्रममा  तथ्याङ्क कार्यालय डडेल्धुराका प्रमुख  तथ्यांक अधिकृत चन्द्र बहादुर पालले  जनगणनाको ऐतिहासिक पृष्ठभूमी, संवैधानिक व्यवस्था, आगामी जनगणनाको तयारी योजना, जनगणना प्रयोग गरिने विधि र प्रविधि र संघीय संरचनामा जनगणना सञ्चालनमा आईपर्ने समस्या, यसको अवसर र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए।  

उनले हरेक नेपालीको घरघरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ विधि प्रयोग गरेर २०७८ सालको जनगणना हुने बताए। उनका अनुसार इन्टरनेट उपलब्ध भएको स्थानमा ट्याब्लेटबाट र इन्टरनेट उपलब्ध नभएका स्थानमा पेपरका माध्यमबाट जनगणना गर्ने तयारी गरेको छ। 

उनले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ हुने गणना कार्यक्रम कोही नछुटुन र कोहि नदोहोरिउन भन्ने चाहना रहेको बताउँदै राष्ट्रिय जनगणना २०७८ दुई चरणमा संचालन गरिने बताए।  पहिलो चरणमा घर परिवार सूचीकरण २०७८ बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म, मुल गणना २०७८ जेठ १५ गतेदेखि असार ८ सम्म  गरिने तथ्यांक कार्यालय डडेल्धुराले जानकारी दिएको छ। 

कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णदेव जोशीले जनगणनाको परिचय , महत्व र स्थानीय तह र सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेक थिए।  

कार्यक्रममा परशुराम नगरपालिकाको नगरप्रमुख भीमबहादुर साउँद, नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट, गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्ल, पूर्वजिल्ला विकास समिति सभापति गजेन्द्रबहादुर शाही लगायत विभिन्न राजनैतिक दल, सुरक्षा निकायका प्रमुख, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी संस्थाका  प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।

  

 

कमेन्ट लोड गर्नुस