तीन जलविद्युत् आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत
२०७६ पुष १४, ०८:३९
तीन जलविद्युत आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत भएको छ। लगानी बोर्डले तीनवटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो।
आइतबार लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त परिमाणको लगानी स्वीकृत गरेको हो।
बोर्डको बैठकले कोरियन लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली–१ लाई ६५ अर्ब, मर्स्याङदीबेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली–३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ। २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण सुरु हुँदै छ। निजी लगानीमा मर्स्याङ्दीबेंसी र नेपाल विद्युत प्राधिकरणमार्फत् माथिल्लो त्रिशुली–३ बी आयोजना निर्माण भइरहेको छ।

कमेन्ट लोड गर्नुस