धनगढीमा स्वयमसेविकालाई साईकल हस्तान्तरण
धनगढी: धनगढीमा महिला स्वयकसेविकालाई साईकल हस्तान्तरण गरिएको छ। धनगढी उप–महानगरपालिका– १३ को कार्यालयले महिला स्वयमसेविकालाई साईकल हस्तान्तरण गरेको हो। वडा नम्बर १३ को कार्यालयले एक लाखका १२ साईकल खरिद गरि हस्तान्तरण गरिएको वडा अध्यक्ष विजयराज जोशीले बताए।
उनले महिला स्वास्थ्य स्वयमसेविकाहरुले वडाका घरघर जानुपर्ने भएकाले सहजताका लागि साईकल वितरण गरिएको बताए। उनले साईकल वितरणपछि वडाको स्वास्थ्य सेवामा सबैको पहुच हुने समेत बताए।