सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा छाउपडी मान्नेलाई कारबाही गरिने

२०७६ पुष १३, ०७:५६ खबर संवाददाता

डडेल्धुरा: छाउपडी प्रथाका कारण सामाजमा नकारात्मक असर परेकाले छाउपडी प्रथा मान्नेलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कारवाही गर्ने भएको छ। 

छाउपडी प्रथाका कारण समाजमा दिन प्रतिदिन सामाजीक अपराध, महिला तथा बालबालिकामा हुने हिंसामा बृद्धि महिला अधिकार माथीको चरम विकृतिहरु बढ्ने भएकाले छाउपडी प्रथा मान्नेलाई कारबाही गर्ने प्रशासनले जनाएको हो।

छाउपडी प्रथाका नाममा हुने विभेद, अन्याय अत्याचार, भई सुदूरपश्चिम प्रदेशका केही जिल्लामा छाउपडी प्रथालाई कृरीति घोषणा गरिसकेकाले डडेल्धुरामा समेत कृप्रथाका रुपमा रहेको छाउपडी प्रथालाई पूर्ण रुपमा नियन्त्रण गर्न जिल्ला स्थित सबै स्थानीय तहलाई पत्राचार समेत गरि सकेका छाउपडी प्रथा मानेको पाइयमा तत्काल कानुन बमोजिम कारबाही गर्ने सबै सुरक्षा निकायहरुलाइ निर्देशन दिइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

‘सुरक्षा निकायलाई निर्देशन दिइसकेको त्यस प्रकारका गतिविधिहरु नगर्न नगराउन समेत सर्वसाधारणका लागि जानकारी गराईएको छ।’ उनले भने, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम कारबाही गर्ने भनि गृह मन्त्रालयको पुस ८ गतेको पत्रबाट निर्देशन भइ आएकाले प्रेस विज्ञप्ती निकालिएको हो।’

छाउपडी प्रथा एक सामाजीक अपराध, कृरिति ,अन्धविस्वास भएकाले छाउपडी (मासिक श्राब) भएका महिलाहरु माथी सामाजीक भेदभाव नगर्न नगराउन तथा यस किसिमका गतिविधिलाई निरुत्साहित गर्न यस जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो स्थानीय तहमा सचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने व्यवस्था मिलाइदिन हुन पुनः अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

छाउपडी प्रथालाई प्रसय दिने गरि कुनै गतिविधि भए गरेको पाइएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम कारबाही गर्ने सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको त्यस प्रकारका गतिबिधिहरु नगर्ने नगराउन समेत सर्वसाधारणका लागि अनुरोध गरिएको छ।
 

कमेन्ट लोड गर्नुस