धनगढीको शिवपुरी सामुदायिक वनद्धारा दाउरा वितरण
२०७६ पुष १३, ०७:४७
धनगढीको शिवपुर सामुदायिक वनले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै दाउरा वितरण गरेको छ। सामुदायिक वनले आज धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को उत्तरबेहडी क्षेत्रमा दाउरा वितरण गरेको वन उपभोक्ता समितिका सदस्य बामदेव जोशीले जानकारी दिए।
उनका अनुसार सव डिभिजन वन कार्यालयको समन्वयमा उत्तरबेहडी लगायत नगर क्षेत्रका चौक चौकमा राहात स्वरुप दाउरा वितरण गरिएको हो।
कमेन्ट लोड गर्नुस