सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश स्तरीय ’स्पिकिङ आइडल’ र ’सुदूरपश्चिम कन्क्लेभ’ हुदै

२०७६ पुष १३, ०७:४० खबर संवाददाता

धनगढीमा आजदेखि ’स्पिकिङ आइडल २०१९’ को प्रदेश स्तरीय प्रतियोगिता सुरु भएको छ। मंसिर २५ गतेदेखि शनिबार प्रदेशका ९ वटै जिल्लामा अडिसन राउण्ड सम्पन्न गरेर ’स्पिकिङ आइडल २०१९’ को धनगढी आजदेखि प्रदेश स्तरिय प्रतियोगीता सुरु भएको हो।

आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आज र भोली प्रदेशभरीबाट छनौट भएका एक हजार प्रतीयोगीहरु मध्येबाट हरेक जिल्लाबाट आठ जना छनोट गरेर उत्कृृष्ट ७२ जनालाई तीन  दिने बन्द सिविर र थप चरणका प्रतिष्पर्धा गराउन प्रदेशस्तरीय छनौट प्रतिगिता भईरहेको जानकारी दिईएको हो।

दोस्रो र तेस्रो चरणमा छनौट भएकाहरुलाई  पुष १५ गते शीर्ष १० विद्यार्थीको प्रस्तुती सहित धनगढीमै बृहत संवाद कार्यक्रम ’सुदूरपश्चिम कन्क्लेभ’ आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ। बोल्न मात्र हैन सुनेर सिकिन्छ भन्ने कुरालाई मध्य नजर गर्दै संवाद कार्यक्रम मार्फत पुरानो पुस्ता र

विज्ञबाट अनुभव हस्तान्तरण होस् भन्ने ध्येयले समापन सत्रमा संवाद कार्यक्रम समेत आयोजना गरिएको किशोर किशोरीहरुमा वक्तृत्व क्षमताको परीक्षण र प्रश्न गर्ने क्षमताको विकास गर्ने उद्देश्य लिएर नागरीक स्तरको अभियानका रुपमा प्रतियोगिता सुरु गरिने बताईएको छ।

एभरेष्ट एकेडेमी अत्तरियाको मुख्य प्रायोजन र नेपाल टेलिकमको सह–प्रायोजन तथा विभिन्न नगरपालिकाको सहयोगमा गुरुभुमी फाउण्डेसनले आयोजना गरेको हो। जसमा लियो क्लब, जुनियर जेसिज लगायतका स्थानीय स्तरमा सक्रिय युवा समूहको सहयोग रहेको आयोजकले जनाएको छ। 
  
 

कमेन्ट लोड गर्नुस