सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो बढेपछि कैलालीको घोडाघोडीमा तीन दिन विद्यालय बिदा

२०७६ पुष १३, ०७:०५ खबर संवाददाता

कैलाली: अत्यधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालय विदा दिने निर्णय गरेको छ।

आइतबार बसेको शिक्षासम्बद्ध पदाधिकारी र प्रधानाध्यापकको बैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको हो।

नगरपालिकाले सूचना जारी गरी पुस १४, १५ र १६ गते बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ।  मौसममा सुधार आए विद्यालय सञ्चालन गर्ने र प्रतिकुल भएमा बिदा थप गरिने नगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस