सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयमा तीन दिन विदा

२०७६ पुष १३, ०६:५८ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिकाले विद्यालयमा तीन दिन विदा दिएको छ। चिसोका कारण बालबालीकालाई समस्या भएको भन्दै नगरपालिकाले तीन दिन विदा दिएको हो। आईतबार सूचना प्रकाशन गर्दै नगरपालिकाले पुस १४ देखि १६ गतेसम्म तीन दिन विदा दिइएको जनकारी दिएको छ। चिसो बढेपछि विद्यालयको सञ्चित वर्षे र हिउँदे विदाबाट मिलान गरिनेगरि तिन दिन विदा दिने निर्णय गरेको नगरपालिकाले बताएको छ। नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख विरबहादुर नेपालीले जानकारी दिए।

 

 

कमेन्ट लोड गर्नुस