सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा घर भत्किँदा बालकको मृत्य, आमा गम्भीर घाइते

२०७६ पुष १३, ०६:११ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।  जिल्लाको नवदुर्गा गाउँपालिका–१ ओलीगाउँका यज्ञबहादुर ओलीको घर भत्किएर उनका दुई वर्षीय छोरा किरण ओलीको घटनास्थलमै मृत्यु भएको हो ।

घर भत्किएर केशवकी ३५ वर्षीया श्रीमती तारादेवी गम्भीर घाइते भएकी छन्।

उनको डडेल्धुरामा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस