कैलालीमा सुकुम्बासी परिवारका बालबालिकालाई न्यानो लुगा वितरण
कैलालीमा सुकुम्बासी परिवारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ को शिवगंगा नदी किनारमा बसोबास गर्दै आएका बालबालिकालाई पत्रकार खकेन्द्र जैशी र मोडल अलोकजंग शाहीले २४ हजार सात सय ५० रुपैँया बराबरका लुगा हस्तान्तरण गरेका हुन्।
जैसी मसुरियामा रहेको सुनौलो एफ.एमका प्रवन्ध निर्देशक हुन् भने साउँद आई.टी. कम्प्युटर धनगढीका सञ्चालक हुन्। लुगा वितरण कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र शाहको समेत सहभागिता रहेको थियो। चिसो मौसममा बालबालिकालाई राहात पुगाउन न्यानो लुगा वितरण गरेको पत्रकार जैशीले बताए। मोडल साउँदले सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्।