सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशलाई समृद्ध बनाउन सहकारीको भूमिका महत्वपूर्ण: मन्त्री चौधरी

२०७६ पुष १२, ०७:५३ खबर संवाददाता

डडेल्धुराः सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले देशलाई समृद्ध बनाउन लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताइएकी छन्। उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्।

शनिबार डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुभलक्ष्मी साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा बताइन्।

प्रदेश सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उनले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताइन्। सहकारीलाई उत्पादनतर्फ जोड्नको लागि तीनै तहको सहकारहरूले समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रो प्रदेशमा २३ सयभन्दा बढी सहकारी छन्। यी सहकारीलाई हामीले कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा तीनै सरकारले समन्वय गरेर अघि बढ्नु जरूरी छ।’ उनले भनिन्।
 

कमेन्ट लोड गर्नुस