सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ५७ छाउगोठ भत्काइयो

२०७६ पुष १२, ०६:४९ खबर संवाददाता

अछाम: अछाममा ५७ वटा छाउगोठ भत्काइएको छन्। जिल्ला प्रहरी कार्यालय अछाम र स्थानीय जनप्रतिनिधि र समाजसेवीको सहभागीतामा अछामका विभिन्न स्थानमा स्थानीयले बनाएका छाउगोठ भत्काइएका हुन्। 

अछामको साफेबगर नगरपालिकाका– १३ को मैडालमा ११ वटा, चौरपाटी गाउँपालिका– ७ मार्कुमा ४० वटा र पञ्चदेवल विनायक नगरपालिका– ८ मा ६ वटा गरी जम्मा ५७ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। 

टोलीले छाउगोठहरु भत्काउनुका साथै छाउपढी कुप्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको प्रहरीको भनाई छ। 

कमेन्ट लोड गर्नुस