शिवपुरी धामको धार्मिक सभा सम्पन्न
धनगढीस्थित शिवपुरी धामको धार्मिक सभा सम्पन्न भएको छ। उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी धामको शनिवार आयोजना भएको धार्मिक सभा सम्पन्न भएको हो। आज बसेको सभाले फागुनमा आयोजना हुने श्रीवाहुन पुराण महायज्ञको तयारीका लागि संयोजक सहित विभिन्न १५ वटा उप–समिति छनोट गरेको शिवपुरी धामका सचिव सिद्धराज पनेरुले बताए।
महायज्ञ आयोजक समितिको संयोजकमा चेतराज जोशी रहेका छन्। महायज्ञ प्रत्येक वर्षको फागुन २ गते देखि संञ्चालन हुदै आएको छ।