बैतडीका पत्रकार अवस्थीका छोराको कलेजो प्रत्यारोपणमा आर्थिक सहयोगको अपिल
बैतडीका पत्रकार महेश अवस्थीका दुई महिने छोराको कलेजो प्रत्यारोपमा आर्थिक सहयोगका अपिल गरिएको छ। ठुलो धनराशी खर्च गरी भारतको चेन्नईमा कलेजो प्रत्यारोप गरिएका अवस्थीका छोराको उपचारमा थप रकम आवश्यक पर्ने भएकाले बैतडीबाट शिवांश बचाउ अभियान सुरु गरी आर्थिक सहयोगका लागि अपिल गरिएको हो।
बैतडीको रेडियो निङलासैनी र रेडियो सेभन स्टारका सञ्चालक समेत रहेका अवस्थीका छोराको उपचारमा सहयोग गरिदिन अपिल गरिएको हो। सहयोग गर्ने व्यक्तिलाई अवस्थीको ग्लोबल आईएमई बैंक बैतडीको ३१०७०१०००९९४७ र एनसीसी बैंक बैतडीकै ०२०००००१६४४१० नम्बरको खातामा सहयोग राशि जम्मा गरिदिन आग्रह गरिएको छ।