बैतडीको कुलाउँ माविको व्यवस्थापन समिति अध्यक्षमा चन्द
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित कुलाउँ माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर चन्द चयन भएका छन्। शुक्रबार बसेको अभिभावक भेलाले चन्दको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। यस्तै सदस्य सचिवमा प्रधानाध्यापक मोतीसिंह मंगोला चयन भएका छन् भने सदस्यहरुमा बलबिर जोशी, बिरेन्द्र ओड, बेलु तिवारी, जानकी लुहार, मोहनदत्त भट्ट, मिनबहादुर चन्द र जैमती तिरुवा चयन भएका छन्।