सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका सन्तोष बने 'मिस्टर नेपाल २०१९’

२०७६ पुष ११, ०८:४९ खबर संवाददाता

अछामका डा.सन्तोष उपाध्याय ‘मिस्टर नेपाल २०१९’ घोषित भएका छन्। एक्स्पोज नेपालले आयोजना गरेको प्रतियोगितामा २२ जना प्रतिस्पर्धिलाई उछिन्दै डा.उपाध्याय बिजेता घोषित भएका हुन्। 

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता रहेको मिस्टर नेपाल घोषित भएका डा. उपाध्यायले अब सन् २०२० मा आयोजना हुने मिस्टर वल्र्डमा सहभागिता जनाउने छन्।  

आइओएम महाराजगन्ज मेडिकल क्यामपसबाट एमबीबीएस सकाएका डा. उपाध्याय हाल कमलबजार प्राथमिक स्वास्थ केन्द्र अछाममा कार्यरत छन्।
 

कमेन्ट लोड गर्नुस