रगुंन नदीकोे जलीय जैविक विविधता संरक्षण गरिँदै
डडेल्धुराः डडेल्धुराको भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिका क्षेत्र भएर बग्ने रगुंन नदीको जलीय जैविक विविधता सरंक्षण गरिने भएको छ। आलिताल गाउँपालिकास्थित रगुंन जलाधार क्षेत्रको जलश्रोतको जलीय जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलनका माध्यमद्वारा नदीको सरंक्षण गरिने भएको हो।
पानीको बहुपयोग र बहुउपभोक्ताहरुको लागि व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ संचालन उक्त क्षेत्रमा पानी परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम लागू भएको छ। विविध कार्यक्रम गरी रगुंनको जैविक विविधताको सरक्षंण गरिने पानी परियोेजनाका जिल्ला सयोजक शिवराज पाठकले बताए।
जलावायु परिवर्तको जोखिमबाट बढी प्रभावित रहेका समुदायको लागि सो परियोजना लागु भएको सयोजक पाठकको भनाइ छ। विशेष गरेर महिला, जनजाति, दलित तथा सिमान्तकृत वर्गहरुलाई मुख्य लक्षित गरि कार्यक्रम सचांलन हुने भएको छ। सन् २०२० सम्म महाकाली, कर्णाली र राप्ती नदी वेसिनमा पानी कार्यक्रमले सरोकारवालाहरूको सञ्जालमा काम गरिरहेको छ।
नदी वेसिन स्तरको ज्ञानको अभिवृद्धि गर्न, पर्यावरणीय तथा मानव समुदायलाई लाभदायी हुने संरक्षणका अभ्यासहरु प्रदर्शन गर्न, बहुउपभोक्ताहरुको विकासका दिगो लक्ष्य हासिल गर्न एकिकृत नदी वेसिन व्यवस्थापनका माध्यमद्वारा मार्गचित्र (रोडम्याप) विकास गर्ने कार्य मुख्य यस पानी परयोजनाका रोशन भट्टले बताए।
पानी परियोजनामा तीन वटा नदी वेसिनहरूमा ७९ वटा जलाधार क्षेत्र मध्ये १२ वटा जलाधार क्षेत्रलाई प्राथमिकतामा राखि काम गरि रहेको छ। सोही मध्ये रगुंन जलाधार पनि एक हो। जसमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराद्वारा जलीय जैविक विविधता संरक्षणका लागि अक्टुवर, २०१९ देखि अगस्त २०२० सम्म परियोजना संचालन गरिने छ।
डिआए युयसऐडको आर्थिक सहयोग तथा बहुउद्देश्यीय विकास समाज डडेल्धुराकाद्वारा संचालित पानी परियोजना अन्र्तगत आलिताल गाउँपालिका स्थानीय सरकार र सरोकारवालाहरूसँग परियोजना शुभारम्भ गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको संस्थाका कायकारी निर्देशक प्रेम महरले जानकारी दिए।
आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जलिय जैविक विविधताको लागि माछा संरक्षण अभियानलाई समेत परियोजनाले आफ्नो कार्यक्रममा ल्याउनु पर्ने बताए। सो कार्यका लागि गाउँपालिकाले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
जलिय जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रमले भएकाले यस पालिकाका लागि यो निकै महत्वूर्ण हुने अध्यक्षको भनाइ छ। पछिल्लो समयमा रगुंन लगाएतका नदीहरूको पानी मानवीय क्रियाकलापका कारण फोहर बन्दै गइरहेको छ।
आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा आलिताल गाऊँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, आठ ओटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।