सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गोरुले हिर्काउँदा घाइते भएकी पार्वतीलाई आर्थिक सहयोग

२०७६ पुष ८, ०७:४० खबर संवाददाता

बैतडी: आफैले पालेको गोरुले हिर्काउँदा घाइते भएकी पार्वती चन्दलाई आर्थिक सहयोग गरिएको छ। बैतडीको मेलौली नगरपालिका– ५ बस्ने पार्वती चन्दको उपचारका लागि ४० हजार ४ सय १४ रुपैँया हस्तान्तरण गरिएको हो।

मेलौली नगरपालिकाका स्थानीय, व्यवसायी, नगरपालिकामा कार्यरत कर्मचारी लगायतबाट  संकलन भएको ४० हजार ४ सय १४ रुपैयाँ घाइते चन्दको परिवारलाई हस्तान्तरण गरिएको हो।

चन्द गत मसिंर २८ गते आफैँले पालेको गोरुले हिर्काउंदा घाईते भएकी थिइन। पाठेघरमा चोट लागेकि उनको अहिले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनका दुई छोरा र दुई छोरी छन्। उनको श्रीमान त्रिलोक चन्दको भने घटना भएकै दिन हृद्धयघातका कारण निधन भएको थियो। अहिलेसम्म उनको उपचारका लागि ९५ हजार ७ सय ४० रुपैयाँ सहयोग गरिएको सहयोगी जगदिशसिँह नायकले बताए।

विपत्तीमा परेका बालबालीकाको जीवन सुरक्षाका लागि र घाइते पार्वतीको उपचारका लागि सहयोग गर्न अपिल समेत गरिएको छ।
 

कमेन्ट लोड गर्नुस