बाजुरामा कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउन नपाइने
२०७६ पुष ८, ०४:४३
बाजुरा: बाजुराको बडिमालीका नगरपालिकामा कार्यालय समयमा कर्मचारीलाई फेसबुक चलाउन बन्देज गरिएको छ।
कार्यालय समयमा धेरै फेसबुक चलाउनाले सेवा प्रवाहमा ढिलाई भएको गुनासो आएपछि फेसबुक बन्देज गरिएको नगरप्रमुख पदम बढुवालले बताए।
सुस्त गतिको इन्टरनेटमा पनि फेसबुक चलाउनेको संख्या बढि भएकाले कार्यालयको अन्य काममा बाधा पुगेको भन्दै उक्त निर्णय गरेको उनले बताए।
कमेन्ट लोड गर्नुस