सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको हेलो सिएम कार्यक्रममा नागरिकले गुनासो गर्न छाडे

२०७६ पुष ८, ०३:५० रोशन भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा भईरहेका विकास निर्माण, कार्यालय संञ्चालन तथा आम नागरिकका गुनासो संकलन गरी तत्काल समाधान गर्ने भन्दै २०७५ साल जेठ ७ गते हेलो सिएम कार्यक्रमको सुरुवात गरे। सोही दिन नै डोटीको शिखर नगरपालिका वडा नम्बर २ का स्थानीय करण सिंहले धनगढी बजारमा अव्यवस्थीत ट्राफिकको उचित व्यवस्थापन गर्नुप¥यो भन्दै गुनासो गरे। तर अहिले सम्म धनगढीमा उचित ट्राफिक व्यवस्थापन हुन सकेको छैन्।

प्रदेश सरकारले नागरिकका गुनासाको सुनवाई नगर्दा अहिले त फोन गर्न छाडेका छन्। प्रमुख प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावालल ‘पुर्व तयारी विना सस्तो लोकप्रयिता कमाउन कार्यक्रमको घोषण गरेपनि संञ्चालनमा लापरवाही गरिदा प्रभावकारी नभएको बताए। रावलले भने ‘प्रभवकारिता नदेखिएपछि हेलो सिएम कार्यक्रम औपचारिकतामै सिमित भएको छ।’ कार्यक्रम संञ्चालन गरेको डेढ वर्ष सम्म जम्मा एक सय ८३ वटा मात्रै गुनासा आएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

विकास निर्माणमा भईरहेको अनियमिता, नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको सेवा प्रवाहमा भईरहेको ढिला सुस्ती लगायत समसामयिक विषय वस्तुसंग सम्बन्धीत गुनासा आउने गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीले बताए। तर पछिल्लो दुई महिना यता कुनै पनि गुनासो नआएको उनले बताए। हाल सम्म हेलो सिएम कार्यक्रम मार्फत एक सय ८३ गुनासा आएको भएपनि कतिको सम्बोधन भयो भन्ने विवरण राखिएको छैन्।

मुख्यमन्त्री कार्यालयले आएका गुनासाहरु सरोकारवाला निकायलाई पठाउने गरेको जनाएको छ तर सम्बोधन भए÷नभएको बारे जानकारी छैन्। सबैले निकायले जानकारी नगराउँदा सुनवाई भए÷नभएको कुरा नखुलेको दावी गरिएको छ। संकलन भएका गुनासाको सुनवाई नभएकै कारण अहिले नागरिकले फोन गर्न छाडिसकेका छन्। तर मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सूचना अधिकारी जोशीले धेरै समस्याको समाधान भईसकेकाले गुनासो आउन छाडेको दावी गरे।

हेलो सिएम कार्यक्रमका लागि मुख्यमन्त्री कार्यालयमै १६६००९१५२६२३ शुल्क नलाग्ने हट लाईन राख्दै कर्मचारी समेत खटाईएको छ। तर मंसिर र पुष महिनामा एउटा गुनासो पनि संकलन भएको छैन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस