धनगढीमा लागु औषध सहित एकजना पक्राउ
धनगढीमा लागु औषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बाट खैरो हेरोईन र नाईट्रोभेट जस्तो देखिने लागु औषध सहित स्थानीय सुरेन्द्र भट्टलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले विशेष सूचनाका आधारमा दुई ग्राम १० मिलीग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ र नाईट्रोभेट जस्तो देखिने १२ ट्याब्लेट सहित भट्टलाई पक्राउ गरिएको बताए। भट्ट विरुद्ध लागु औषधमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।