सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निङगलासैनि गुरुकुल संस्कृत विद्यापिठको नाममा अक्षयकोष

२०७६ पुष ७, ०५:५८ खबर संवाददाता

धनगढी: धनगढीको निङगलासैनि गुरुकुल संस्कृत विद्यापिठको नाममा अक्षयकोष स्थापना गरिएको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका– १३ मा रहेको निङगलासैनि गुरुकुल संस्कृत विद्यापिठको नाममा वडा नम्बर ३ का स्थानीय तथा व्यापारी भोजराज पाठकले ५२ हजारको अक्षयकोष स्थापना गरेका हुन्। 

उक्त कोषबाट विद्यार्थीहरुलाई वार्षीक रुपमा छात्रवृद्धि तथा पुरस्कार वितरण गरिने विद्यापिठका प्रध्यानाध्यापक खगेन्द्र अवस्थीले बताए। 
 

कमेन्ट लोड गर्नुस