सुनचाँदीको भाउ बढ्यो
२०७६ पुष ७, ०३:२१
सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेको छ। सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट लोड गर्नुस