सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कालिका सामुदायिक वनको वार्षीक साधारण सभा सम्पन्न

२०७६ पुष ५, १०:४९ खबर संवाददाता

धनगढी: धनगढीको कालिका सामुदायिक वन उपभोक्ता समुहको वार्षीक साधारण सभा सम्पन्न भएको छ। धनगढी उप–महानगरपालिका– १५ उर्मीको कालिका सामुदायिक वनको छैटौँ वार्षीक साधारण सभा सम्पन्न भएको हो। 

३ लाख ६३ हजार ८ सय ६२ रुयैयाँ ४२ पैसाको वार्षीक आय–व्यय वार्षीक साधारण सभामा प्रस्तुत गरिएको थियो। 

सामुदायिक वनको वार्षीक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान र राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस