सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खुलामञ्च बन्यो फोहर फाल्ने ठाँउ

२०७६ पुष ४, ०५:२६ खबर संवाददाता

बाजुरा: पछिल्लो समय बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च डम्पिङ साइट बनेको छ। माटो, वालुवा, ढुङ्गा, गिट्टिलगायत फोहोर फाल्ने ठाँउ बनेको छ। यसरी सार्वजनिक ठाँउमा डम्पिङ क्षेत्र बनाउँदा सम्बन्धित निकाय भने मुखदर्शक बनेको स्थानीयले बताएका छन्।

पटकपटक माटो हटाउनका लागि प्रशासनलाई आग्रह गर्दा पनि वास्ता नभएको स्थानीयको आरोप छ। नगरपालिकाले नै ठेकेदार विजय पण्डितलाई माटो फाल्न लगाएको उनीहरुको आरोप छ। 

खुला मञ्च डम्पिङ क्षेत्र बन्दा नजिकै रहेको वाल मन्दिर आधारभुत विद्यालयसमेत प्रभावित भएको छ। मञ्चमा डम्पिङ बनाएपछि बालबालिकालाई आवतजावत गर्न समस्या र खेलबाट वञ्चित भएका छन्। 

उता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले यो तत्काल हटाउन लगाउने बताए। सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहीँ छेउमै फालेर वातावरण दुर्गन्धित बनाएको छ। 
 

कमेन्ट लोड गर्नुस