आज सुनचाँदीको मूल्य स्थिर
२०७६ पुष ३, १२:२६
साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुन प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजावी सुन ७१ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ। त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट लोड गर्नुस