अब एनसेलमा 'अनलिमिटेड नाइट भ्वाइस प्याक'
एनसेललेप्रिपेड ग्राहकका लागि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ। जसअन्तर्गत ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र १० (१२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ।
यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले *१७११८*३# डायल गरि प्याक सुचारु गर्न सक्छन्। त्यस्तै, एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन्।
प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ। यो अफर चत्रै ४ गतेसम्म संचालनमा रहने छ।