कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु
कैलाली: कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–२ बसन्तपुरका अन्दाजी ४० वर्षीय भक्तबहादुर साउंँदको मृत्यु भएको हो।
मंगलबार मध्यान्ह १२ बजेको समयमा सालको पात काट्ने क्रममा रुखबाट लडेर उनको घटना स्थलमै मृत्यु भएको इकाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माले बताए।
उनका अनुसार रुखमै अल्झिएर खस्दा रुखमुनी रहेको ढुंगामा लागेर साउंँदको मृत्यु भएको हो। शव घटनास्थलमै रहेको र चौमाला प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ।