क्रिकेट टिम ‘एक्सपर्ट ब्लुज धनगढी’को समर्थनमा र्याली
धनगढी: पोखरामा जारी पोखरा प्रिमियर लिगमा सहभागी सुदूरपश्चिम प्रदेशको ‘एक्सपर्ट धनगढी ब्लुज’को समर्थनमा धनगढीमा र्याली निकालिएको छ।
एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा टिमका समर्थकहरुले टीमलाई हौसला बढाउन र्याली निकालेका बताइएको छ। धनगढीको क्याम्पसरोडदेखि सुरु भएको र्याली धनगढी चौराह हुँदै फेरि क्याम्पसरोडमा पुगेर समापन भएको थियो।
दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजले सोमबार आफ्नो पहिलो खेलमा जित हात पारेको थियो। धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ।