धनगढीको लक्ष्मीनारायण मन्दिरमा गोदाम्वा उत्सव
धनगढीको लक्ष्मीनारायण मन्दिरमा गोदाम्वा उत्सव सुरु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आजदेखि गोदाम्वा उत्सव सुरु भएको हो। मन्दिर स्थापनाकालदेखि नै आयोजना हुदै आएको उत्सव प्रत्येक वर्षको पौष १ गतेदेखि सुरु हुने गरेको लक्ष्मीनारायण मन्दिरका एक हजार ८ स्वमी देवराज आचार्यले बताए।
लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव ३० दिन सम्म चल्ने गरेको छ। पृथ्वीकी देवि नै गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्द्रका गोप वालिकाहरुको साथ सम्मेलित भएको अवसरमा यो उत्सव मनाईने गरेको उनले बताए। आजदेखिनै सुरु भएको उत्सव प्रत्येक दिन विहान ६ वजे देखि आरतिबाट सुरु हुने गरेको छ। उत्सवमा सहभागि सबैलाई प्रशादको रुपमा खिर समेत दिने गरेको लक्ष्मीनारायण मन्दिरले जनाएको छ।