बझाङमा जडीबुटी संकलन गर्दा हिउँमा पुरिएर दुई किशोरको मृत्यु
बझाङ: बझाङमा हिउँमा पुरीएर दुई किशोरको मृत्यु भएको छ। सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा र १४ वर्षिया शहदेब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए।
मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा जडीबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरीएर मृत्यु भएको हो।
जडीबुटी संकलन गर्न गएका दुवै जना घर नफर्कीएपछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए। अहिले प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटीएको प्रहरी नायव उपरिक्षक बमले बताए।