मंगलबार सबै विदेशी मुद्राको भाउ बढ्यो
मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको थियो। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।
हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ। हिजो खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा रहेको थियो। यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०५ पैसा रहेको छ। हिजो खरिदर २९६ रुपैयाँ ६१ पैसा रहेको थियो।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा तोकेको छ। हिजो सोमबार खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ। हिजो खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको थियो।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा तोकेको छ। हिजो सोमबार खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो। कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३२ पैसा तोकेको छ। हिजो यसको खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५६ पैसा रहेको थियो।
बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६ पैसा तोकेको छ। हिजो यसको एकको खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा थियो।