धनगढीमा शौचालयमा लडेर एक जनाको मृत्यु
धनगढीमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का जगतवहादुर बमका ३१ बर्षीय छोरा रोशन बमको मृत्यु भएको हो।
‘सोमवार बेलुका शौचालय गएका बम लामो समय सम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खवरलाई भने, ‘उपचारका लागि माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा केही बेरमा अस्पतालमै उनको मृत्यु भएको हो।’
प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार उनको शौचालयमा लडेर नै मृत्यु भएको हो। अहिले उनके शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आफन्तले भने हृदयघातका कारण उनको मृत्यु भएको बताएका छन्।