सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाबाट सहारा घरलाई आर्थिक सहयोग

२०७६ मंसिर ३०, ०९:११ खबर संवाददाता

धनगढी: अमेरिकाको ओहायोमा अध्यापन गरिरहेका पुर्व रामपुर कृषि क्याम्पसका विद्यार्थीहरुले कैलालीको बौनियामा रहेको सहारा घरका असायहरुलाई आर्थिक सहयोग पठाएका छन्। उनीहरुले सहारा घरमा रहेका असायहरुको खानाको लागी १८ हजार  ४ सय दश रुपैया सहयोग गरेका हुन। 

सहयोग गर्नेहरुमा भैरवहाका कुशकुमार यादव, विरेन्द्रनगर सुर्खेतका दिपक कठायत, कञ्चनपुरका महेश केसी, कैलालीका राम खड्का र रञ्जना रावल खड्का रहेका छन्।
 

कमेन्ट लोड गर्नुस