सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुख्खडको राष्ट्रिय माविका प्रधानाध्यापकलाई कालोमोसो दलिएको प्रती आपत्ति

२०७६ मंसिर ३०, ०४:२९ खबर संवाददाता

कैलाली: कैलालीको सुख्खडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलिएको प्रती विद्यालय व्यवस्थापन समिती तथा शिक्षक अभिभावक समितीले आपत्ति जनाएका छन्।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गजेन्द्र अर्याल तथा शिक्षक अभिभावक समितीका अध्यक्ष लक्ष्मी देवि सिंहले हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त कार्यप्रति घोर आपत्ति जनाउँदै यस्तो कार्य गर्नेलाई कारवाहीको माग समेत गरेका छन्।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसशरण भट्टले विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दल्ने समुहलाइ सिसिटिभी फुटेजको आधारमा पहिचान गरि खोजी कार्य जारी रहेको बताएका छन्।

विद्यालयका प्रधानाध्यापक चौधरीलाई विद्यालयमा आर्थिक अनियमिता गरेको, प्रशासननिक हिसाबले विद्यालय पनि चलाउन नसक्ने र समयमै शिक्षकहरुलाई तलब समेत दिन नसकेको भन्दै आइतबार नेपाल कम्युनिष्ट पार्टी विप्लवद्धारा कालोमोसो दलेका थिए। 

कमेन्ट लोड गर्नुस