सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम रोकियो

२०७६ मंसिर २९, ०४:१२ खबर संवाददाता

बैतडी: बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको तीन दिनदेखि अवरुद्ध भएको छ। वर्षा र हिमपातले गर्दा विमानस्थल कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ। 

निर्माण कम्पनीका अनुसार कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्रम चाहिने हुँदा आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन कुर्नुपर्ने देखिएको छ। लामो समयपश्चात कालोपत्रेको काम सुरु भए पनि वर्षाले गर्दा झनै काम प्रभावित भएको हो। लगातार काम गर्न सकिए अबको २० दिनमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीले बताएको छ।

कमेन्ट लोड गर्नुस