सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको मार्तडी– कोल्टी सडक अवरुद्ध

२०७६ मंसिर २९, ०३:३९

बाजुरा– बिहिबारदेखिको हिमपातका कारण बाजुराको मार्तडी कोल्टी सडक अवरुद्ध भएको छ। सडक अबरुद्ध भएपछि बाजुराका पुर्वोउत्तरका चार वटा स्थानिय तहसंगै हुम्ला र मुगु जाने यात्रुहरु अलपत्र परेका छन्। सडक अवरुद्ध हुँदा सो क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानी समेत बन्द भएको छ। साथै निर्माण साम्रागी ढुवानी समेत गर्न नसक्दा विकास निर्माण समेत प्रभाबित भएको छ। सडक खण्डको पोरखे लेखमा करिब ४ किलोमिटरमा दुई-तीन फिट हिउँ जमेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताए।

अहिले पनि हिउँ परिरहेकाले सडक खुल्न सक्ने अबस्था नरहेको उनले वताए। सडक अवरुद्ध हुँदा हिउँमा हिडेर कष्टकर पैदल यात्रा गर्नुपरेको आड्रा नेपालमा कार्यरत अनमी सुस्मीता परियारले वताईन्। अहिले यातायाताका साधन सञ्चालन हुन सक्ने अबस्था नै नरहेको उनले बताईन्। हिमाली भेगमा लगातार हिउँ परिरहेकाले उच्च भागको जनजिवन समेत निकै प्रभाबित भएको छ। हिमाली भेगका बिद्यालय बन्द भएका छन्।

चिसोले बालवालिका र बृद्धबृद्धा बढि प्रभाबित भएका छन्। उता बझाङ्गको काँडा, दोलिचौर, सुरमा, गडरा लगायतका उच्च भागमा हिमपात जारी रहेको स्थानियले वताएका छन्। यस्तै हिमाली उच्च भागमा हिमपात भएपछि बिहिवार देखी नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन्।

 

 

 

कमेन्ट लोड गर्नुस