आगामी २४ घण्टामा मौसम खुल्छ की झन बदली हुन्छ ? तिन दिनको मौसमबारे जानकारी
धनगढीः मौसम पूर्वाअनुमान माहाशाखाले आगामी तिन दिनको मौसम अनुमान गर्ने गरेको छ। शाखाले आज राती देशको पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाकी भू–भागहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी भू–भागको १/२ स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको जनाएको छ।
त्यस्तै भोली मंसीर २९ गते दिउँसो देशको पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागहरुमा सामान्य बदली रहनेछ भने बाकी भू–भागहरुमा आंशिक बदली रहने छ। पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ। भने राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागहरुमा हल्का हिमपात हुने संभावना छ।
त्यस्तै मंसीर ३० गते दिउँसो देशको केहि पहाडी भू–भागमा आंशिक बदली रही अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती भने देशको केहि पहाडी भू–भागमा आंशिक बदली रही अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।