सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारी संस्थाको २६औँ वार्षिक साधारण सभा सम्पन्न

२०७६ मंसिर २८, ०६:२१ खबर संवाददाता

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सहकारीको आगामी योजना तथा प्रगतिको बारेमा साधारण सभामा जानकारी दिइएको छ। १७ हजार सेयर सदस्यहरु रहेको नवजीवन सहकारीले पहिलो चौमासिकमा एक करोड ५७ लाख २७ हजार मुनाफा कमाएको छ। सहकारीले चालु आर्थिक वर्षमा उक्त मुनाफा कमाएको साधारण सभामा जानकारी दिइएको छ।

यस्तै सहकारीले हाल सम्म तीन अर्ब १३ करोड ५६ लाख ६२ हजार रुपियाँ निक्षेप सङ्कलन गरेको छ। २५ वर्षको अवधीमा संकलन गरेको निक्षेप धनगढीका केही बैँक भन्दा बढि रहेको अध्यक्ष चक्रवहादुर सिंहले बताउनुभयो। १८ करोड २० लाख ४२ हजार शेयर पुँजी रहेकोमा हालसम्म दुई अर्ब ८७ करोड ५४ लाख ६१ हजार ऋण लगानी गरेको छ।

सहकारीले गत आर्थिक वर्षमा १३ करोड १८ लाख ६३ हजार मुनाफा कमाएको थियो। काठमाण्डौँको नयाँ बानेश्वर, कञ्चनपुरको आईबिआरडी, कैलालीको राजपुर, चौमाला, हसुलिया र डडेल्धुराको खलंगामा सेवा केन्द्र सञ्चालन गरी सेवा दिने तयारी थालिएको सहकारीले जनाएको छ। अहिले धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले टीकापुर, अत्तरिया, सुख्खड, जोशीपुर र बर्दियाको बाँसगढीमा स्थापना भएका शाखा कार्यालयबाट सेवा दिदै आएको छ। २६ औँ साधारण सभाको उद्घाटन प्रतिनिधीसभा सदस्य नारदमुनी रानाले गर्नु भएको थियो।

कमेन्ट लोड गर्नुस