सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पानीमा भिजिरहेको अवस्थामा १० वर्षीय बालक फेला

२०७६ मंसिर २७, ०७:३७ खबर संवाददाता

धनगढी: कैलाली पानीमा भिजिरहेको अवस्थामा एक बालक भेटिएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका– ५ अण्डैया, देउराली शिविर घर बताउने ती १० वर्षीय बालक गोदावरी नगरपालिकाको स्याउलेमा भेटिएका हुन्। 

बालकले आफ्नो नाम सन्तोष नेपाली बताएका स्थानीय गौतम विसीले बताए।  रातीको समयमा वर्षातमा भिजिरहेका उनलाई गौतमले आफ्नो घरमा बास दिएका छन्। बालकका आफन्त अथवा चिनजानको जो कोहीले पनि  ९८१०७६१४१० र ९८१२६०३३५५ मा सम्पर्क गर्न उनको आग्रह छ। 

 

कमेन्ट लोड गर्नुस