सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य घट्यो, चाँदी स्थिर

२०७६ मंसिर २७, १२:४१ खबर संवाददाता

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार आठ सय र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। तर चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार बिहिबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस