सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनको मुल्य

२०७६ मंसिर २६, ०४:४७

एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला ४०० र चाँदीमा प्रतितोला  १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ। 

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो। बुधबार छापावाला सुन प्रतितोला  ७० हजार ८००, तेजाबी सुन प्रतितोला  ७० हजार ५०० र चाँदी प्रतितोला  ८३० मा खरीद बिक्री भएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस