सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ औँ सागमा फुल र मालामा ७० लाख रुपैयाँ खर्च

। फोटो स्रोत ।
२०७६ मंसिर २६, ०२:५१ खबर संवाददाता

१३ औँ  दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सरकारले फूल र मालामा ७० लाख रुपैयाँ बराबरको खर्च गरेको छ। गएको १५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगिताको सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन अफ् नेपालले जनाएको छ। एसोसिएसशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार खेलाडी र पदाधिकारीको स्वागत, सम्मान र बिदाइमा भने १० लाख रुपैयाँको फूलको प्रयोग भएको छ।

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल स्वदेशमा नै उत्पादन भएको पनि उनले बताए। नेपालमा पछिल्लो समयमा फूलको व्यवसाय फस्टाउँदै गएको छ। गएको आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो। तर अझै  पनि माग अनुसारको उत्पादन नहुँदा हरेक वर्ष भारतबाट १० प्रतिशत आयात गर्नु पर्ने बाध्यता छ।

कमेन्ट लोड गर्नुस