धनगढीमा वेवारिसे अवस्थामा भेटिएका दृष्टिविहीन युवकको उद्दार
धनगढीमा वेवारिसे अवस्थामा भेटिएका एक दृष्टिवीहिन पुरुषको उद्दार गरिएको छ। विगत केही दिनदेखि धनगढीमा डुलिरहेका वेवारिसे ३७ वर्षका धनबहादुर राणा नाम बताउने युवकको गएराती धनगढीको नैनादेवी मन्दिर नजिकैबाट हेल्प फर ह्याप्पीनेस सुदूपश्चिमले उद्दार गरेको हो।
वडा प्रहरी कार्यालयको समन्वयमा बुधबार राती नै राणालाई मानव सेवा आश्रम धनगढीको जिम्मा लगाईएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जानकारी दिए।